Fri, 22nd Jun 2018

संघमा २१ प्रतिशत कर्मचारी रहने

करीब २१ प्रतिशत कर्मचारी संघीय सरकार मातहतका निकायमा रहने

भलाकुसारी | Published on 2018-05-25 |

संघीय सरकार मातहतमा अहिले भएका कर्मचारीको २१ प्रतिशत मात्र रहने भएका छन् । तीन तहमा कर्मचारी समायोजन गर्दा करीब २१ प्रतिशत कर्मचारी संघीय सरकार मातहतका निकायमा रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले प्रारम्भिक चरणमा गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षणका अनुसार अहिले रहेका कर्मचारीमा करीब ३० हजार मात्र केन्द्र सरकारमा रहने जानकारी दिए । अहिले एक लाख १७ हजार दरबन्दी रहे तापनि एक लाख ६ हजार जना कर्मचारी कार्यरत रहेका छन् ।
संघीय सरकारका प्राविधिक कर्मचारी— इञ्जिनियर, कृषि तथा भेटरिनरीजस्ता कर्मचारीको दरबन्दी कटौती हुने प्रवक्ता अधिकारीको भनाइ छ । स्थानीय तहमा रहने कर्मचारीको सर्वेक्षण गरिसकेको मन्त्रालयले अब संघ र प्रदेशमा आवश्यक कर्मचारीको सर्वेक्षण थालेको छ ।
सबभन्दा थोरै कर्मचारी प्रदेश सरकार मातहतमा रहनेछन् । एउटा प्रदेश सरकारमा तीन हजारका दरले २१ हजार मात्र कर्मचारी रहने अनुमान गरिएको छ । यसअघि स्थानीय तहमा करीब ५७ हजार कर्मचारी रहने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ ।

***


© People to People Media 2016. All rights reserved.