Tue, 23rd Oct 2018

बुटवलमा टाटा मोटर्स मेला

भलाकुसारी | Published on 2018-05-25 |

बुटवलको क्लव डी नोभोमा शुक्रबार देखि टाटा मोटर्स मेला सुरु भएको छ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सफल अटो इन्टरनेशनलको सहकार्यमा उक्त मेलाको आयोजना गरिएको हो ।

मेला यही जेठ गतेसम्म बिहान सञ्चालन हुने आयोजकले जनाएको छ । कम्पनीका अनुसार उक्त मेलामा ग्राहकहरुले विभिन्न आकर्षक अफरका साथ टाटा कम्पनीद्धारा निर्मित कारहरु खरिद गर्न सक्नेछन् ।

यसवर्षको टाटा कार मेलामा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा,स्विमिङ पुल,नेल आर्ट,फेस पेन्टिङ,फोटोसुट,फुड स्टल लगायत सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएको आयोजकको भनाइ छ ।

सो मेलामा टाटा मोटर्सको नयाँ पुस्ता लक्षित ब्रान्ड टाटा नेक्सन कारको अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।

***


© People to People Media 2016. All rights reserved.