Fri, 22nd Jun 2018

गरिमा र ज्योति विकास बैंकबीच रेमिट सम्झौता

भलाकुसारी | Published on 2018-05-25 |

गरिमा विकास बैंक र ज्योति विकास बैंकबीच गरिमा रेमिट सञ्चालन सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार ज्योति विकास बैंकले गरिमा रेमिट सञ्चालन गर्नेछ ।

सम्झौतामा गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र ज्योति विकास बैंकका प्रमूुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले हस्ताक्षर गरेका हुन् । यो सम्झौतापछि ज्योति विकास बैंकका ६० वटै शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन र भूुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

***


© People to People Media 2016. All rights reserved.