Tue, 23rd Oct 2018

बुद्ध एयरले विराटनगर-काठमाण्डौ बिहानी उडान सुरु गर्ने

भलाकुसारी | Published on 2018-05-25 |

बुद्ध एयरले दैनिक विराटनगर काठमाण्डौ बिहानी उडान सुरु गर्ने भएको छ । कम्पनीले यही जेठ १८ गतेदेखि विराटनगरबाट बिहानी उडान गर्ने जनाएको छ ।

बुद्ध एयरको जहाजले विराटनगरबाट बिहान ७ बजे काठमाडौंका लागि उडान भर्नेछ । यसैसँगै काठमाडौं-विराटनगर साँझ ६ बजेको उडान थपिएको छ । साँझ उडान गर्ने जहाज बेलुका विराटनगरमै रहने कम्पनीले जानकारी दिएको छ ।

यस उडानबाट एकदिनमै राजधानीमा आफ्नो काम सकेर बेलुका विराटनगर फर्किन सहज हुने कम्पनीको भनाइ छ । यसअघि काठमाडौंबाट विराटनगर जाने जहाज साँझ काठमाडौंमै फर्किने गरेकोमा अब विराटनगरमै बस्ने व्यवस्था गरिएको हो ।

***


© People to People Media 2016. All rights reserved.