Fri, 22nd Jun 2018

पूर्व प्रधानमन्त्री रजाकलाई घर फर्कन अनुमति

मलेसियाली भ्रष्टाचार विरोधी आयोग (एमएसीसी) को मुख्यालयमा रजाकसँग झण्डै छ घण्टा प्रश्नोत्तर

भलाकुसारी | Published on 2018-05-26 |

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकसँग घन्टौं लामो अनुसन्धानात्मक प्रश्नोत्तरपछि उनलाई घर फर्कन अनुमति दिइएको छ । 
मलेसियाली भ्रष्टाचार विरोधी आयोग (एमएसीसी) को मुख्यालयमा रजाकसँग झण्डै छ घण्टा प्रश्नोत्तर गरिएको अधिकारीहरूले बताएका छन् । 
राज्य विकास कोषको दुरुपयोग भएको भनिएको विषयमा प्रश्नोत्तर सकिएपछि आयोगले घर फर्कन पाउने व्यवस्था गरेको हो । पूर्व प्रधानमन्त्री नाजिब आयोगको कार्यालयमा स्थानीय समय अनुसार बिहान ९.४५ बजे पुगेका थिए भने ४.४५ मा बाहिरिएका थिए ।
आयोगको कार्यालयमा प्रवेश गर्नु अगाडि कालो कोट लगाएको, मन्द मुस्कान र सहज महशुस गरेको मुद्रामा देखिएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । 
नाजिबसँग पहिलो चरणको सोधपुछ मंगलबार गरिएको थियो । 

***


© People to People Media 2016. All rights reserved.