Mon, 10th Dec 2018

पूर्वमन्त्री शर्मालाई ‘उत्तम शान्ति पुरस्कार’

भलाकुसारी | Published on 2018-05-26 |

विसं २०७४ को ‘उत्तम शान्ति पुरस्कार’ गैरआख्यानकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ । 
ताम्रपत्र र नगद रु ५० हजार राशिको यो पुरस्कार विसं २०४४ देखि प्रदान गरिँदै आइएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीमा प्राप्त गैरआख्यानका साहित्यिक कृतिमध्येबाट छनोट समितिले निर्णय गरेका व्यक्तिलाई पुरस्कार दिइन्छ । शर्मालाई ‘बाह्रखरीको बोटमुनि’ कृतिका लागि यो पुरस्कार दिइएको हो । 
जीवनको उत्तरार्द्धपूर्णरुपमा साहित्य क्षेत्रमै बिताउने पूर्वमन्त्री एवं राष्ट्रियसभाका सदस्य शर्माको भनाइ थियो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कुँवर विशिष्ट सोच भएको साहित्यिक पत्रकारका रुपमा स्थापित भएको बताए । 
कुँवरले विसं २०१७ को राजनीतिक परिवर्तनपछि ‘रुपरेखा’ नामक साहित्यिक पत्रिका शुरु गरेका थिए । कार्यक्रममा वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी,प्रा गोपीकृष्ण शर्मा,गुठीका अध्यक्ष डा पार्थिवेश्वर तिमल्सिना,सचिव ठाकुरप्रसाद पराजुली,कोषाध्यक्ष सुदीप ठाकुरलगायतले स्वर्गीय कुँवरले साहित्यिक पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे।
सो अवसरमा स्वर्गीयकुँवरलाई ’स्रष्टा र साहित्य’ नामक कृतिका लागि मदन पुरस्कार दिइएको जानकारी गराइयो । उत्तम कुँवरको निधनपछि श्रीमती शान्ति कुँवरले रुपरेखालाई निरन्तरता दिनुभएको थियो ।

***


© People to People Media 2016. All rights reserved.