कोरियाली कला तथा संस्कृति प्रवर्धन गर्ने उद्देश्यले शुक्रबारदेखि ललितपुरमा प्रारम्भ भएको कोरियाली सप्ताहअन्तर्गत चौधौ कोरियाली चलचित्र महोत्सव शुरु भएको छ ।
दक्षिण कोरियाका पाँचवटा उत्कृष्ट चलचित्रको प्रदर्शनीसँगे शनिबारदेखि चलचित्र महोत्सव शुरु भएको हो । दक्षिण कोरियाली राजदूतावासले आयोजना गरेको महोत्सवको पुल्चोकस्थित लबिम मलको प्रेक्षालयमा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिकले उद्घाटन गरेका हुन् ।
आगामी पाँचदिनसम्म चल्ने उक्त प्रदर्शनीमा सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था छ । कोरिया सप्ताहअन्तर्गत शुक्रबार कोरियाली संस्कृति झल्कने पोशाक प्रदर्शनी तथा खाना महोत्सव आयोजना गरिएको थियो भने कोरियाली भाषा जान्ने नेपालीबीच वक्तृत्वकला प्रतियोगिता पनि भएको थियो ।
***