Fri, 14th Dec 2018

कर्णाली सरकारका सय दिनः अर्गानिक, डिजिटल प्रदेशदेखि कर्णाली–रारा पर्यटन वर्षसम्म

Published on 2018-05-28 |

कर्णाली प्रदेश सरकारले आजराजधानी वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी १०० दिन कार्यकालकोकार्य प्रगति सार्वजनिक गरेको छ ।गत फागुन ६ मा सरकारले पूर्णता पाएसँगै कर्णाली प्रदेशसरकारले १०० दिनमा केही महत्वपूर्ण काम भएको जनाएको छ । प्रदेश सरकारकामुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानमा उल्लेख भएबमोजिम निर्माणगर्नुपर्ने प्रदेश कानूनका सम्बन्धमा कर्णाली प्रदेश मन्त्रिपरिषद्लेनियमावली, आचारसंहिता र निर्देशिका स्वीकृत गरेको बताउनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रियअभियानलाई सफल बनाउन यसबीचमा प्रदेशलाई दीर्घकालसम्म सकारात्मक असर पार्नेखालका महत्वपूर्ण निर्णय भएको उहाँले जनाउनुभयो । प्रदेश सरकार गठन भईकार्य प्रारम्भ गर्दा कमजोर भौतिक अवस्था, न्यून जनशक्ति, स्रोतसाधनको कमीजस्ता व्यवस्थापकीय चुनौतीका बीचबाटै मन्त्रिपरिषद्ले विभिन्न नीतिगत, कार्यगत र संरचनागत व्यवस्था गरेको उहाँको भनाइ थियो ।

सयदिनमा सरकारले अल्प, मध्य र दीर्घकालीन योजनानिर्माण गर्नुका साथै दर्जनभन्दा बढी कानूनका लागि विधेयक ल्याएकोमुख्यमन्त्री शाहीले बताउनुभयो । “प्रदेश सरकारले सरकार सञ्चालनमा सहयोगपुगोस् भन्ने हेतुले विभिन्न कार्यविधि, नियमावली र निर्देशिका पनि निर्माणगरेको छ,” उहाँले भन्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “सरकारले यो अवधिभित्र १३ वटाबैठक सम्पन्न गरेको छ । २० वटा कानून तर्जुमा र नौवटा विधेयक संसदमा पेशगरेको छ ।” यद्यपि संरचनागत समस्या प्रदेश सरकारले सोचेअनुसारको कामनहुनुमा बाधक बनेको उहाँको गुनासो थियो ।

प्रदेश सरकारका महत्वपूर्ण काम

सरकार सञ्चालनका लागि प्रदेश सरकारले लिखत प्रमाणीकरणनियमावली, २०७४, प्रदेश सरकार (कार्य सम्पादन) नियमावली, २०७४, प्रदेशसरकार (कार्य विभाजन) नियमावली, २०७४, मन्त्रिपरिषद्का सदस्यका लागिआचारसंहिता, २०७४, प्रदेश मन्त्रिपरिषद्सम्बन्धी कार्यविधि, २०७४, कर्णालीप्रदेश सञ्चित कोष (सञ्चालन कार्यविधि) नियमावली, २०७५ स्वीकृत गर्नु रविभिन्न विधेयक पारित भएको मुख्यमन्त्रीले शाहीले सार्वजनिक गर्नुभयो ।

सरकारले प्रदेशका कर्मचारीको आचारसंहिता निर्माण गर्नेकार्य शुरु गरेको छ । पूर्वाधार विकासको अभावमा कर्णाली प्रदेश विकासबाटवञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले राजधानी सुर्खेतदेखिहिमाली जिल्ला मुगु हुँदै हुम्ला जोड्ने लिङ्करोड निर्माणको घोषणा पनिगरेको छ ।

त्यस्तै, मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथाकानून, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार, वन, उद्योग, पर्यटन तथावातावरण, सामाजिक विकास र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रालयअन्तर्गत प्रदेशस्तरका कार्यविधि, विधेयक, नियमावली र निर्देशिकासंसद्बाटै पारित हुने प्रक्रियामा रहेको पनि सार्वजनिक गर्नुभयो ।

संघीय कानून नबन्दा प्रदेश सरकार सकसमा

प्रदेश सरकार सञ्चालनका लागि संघीय कानून बेलैमानबन्दा सरकार हातखुट्टा बाँधेको अवस्थामा रहेको मुख्यमन्त्री शाहीलेबताउनुभएको छ । प्रदेशको नामाङ्कन भई राजधानी तोकिसक्दा पनि संघअन्तर्गतकाजिल्ला तथा क्षेत्रीयस्तरका संरचना खारेज नहुँदा प्रदेश सरकारलाई काम गर्नअलमल भएको उहाँको भनाइ छ ।

त्यस्तै, कर्णाली प्रदेश सरकारले अर्गानिक र डिजिटलप्रदेश निर्माण गर्ने लिएको नीति, ‘पानी, खानी, कृषि र वन, हाम्रा युवाहाम्रा धन’ अवधारणा, ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’, हरेक महिनाको १ र १५गते मनाइने श्रम दिवस, सरकारले आव ०७४÷०७५ को तेस्रो चौमासिकका लागिल्याएको नीति तथा कार्यक्रमलाई महत्वपूर्ण कामका रुपमा लिएको छ ।‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ लाई प्रदेशको आर्थिक समृद्धिको मुख्यआधारका रुपमा लिईएको छ ।

एक हप्ताभित्र आवश्यक कानून

अब प्रदेश सरकारले आफ्नो आवश्यकताअनुसारको कानूनबनाउने जनाएको छ । संघीय कानूनसँग बाझिएको खण्डमा त्यतिबेलै सोच्ने भन्दैमुख्यमन्त्री शाहीले अब कर्णाली प्रदेश सरकार त्यसै बस्न नहुने बताउनुभयो ।सरकारले लिएको लक्ष्यअनुसार कामको गति अघि बढ्न नसक्नुमा संरचनागत कठिनाइभएकाले आशातित प्रतिफल हात नपरेको उहाँले जनाउनुभयो ।

विशेषगरी, विनियोजन विधेयक ल्याई मन्त्रालयगत रुपमानिकासा भएको बजेट र संसदबाट पारित नियमावली, कानून तथा निर्देशिकाकार्यान्वयनमा जोड दिने प्रदेश सरकारले जनाएको छ ।
(रासस)

***


© People to People Media 2016. All rights reserved.