Tue, 17th Jul 2018

अवकाशका लागि नाम दिएका कर्मचारीले फिर्ता लिन पाउने

भलाकुसारी | Published on 2018-05-28 |

स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिनसक्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेकोमन्त्रिपरिषद् बैठकले त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन फिर्ता लिनदिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्रीगोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।
बैठकले संघीय संसद्मा पेश भएको सरकारको आर्थिक वर्ष२०७५÷०७६ नीति तथा कार्यक्रमलाई संसद्बाट सर्वसम्मतरुपमा पारित गराउन सहयोगगर्ने सांसदहरुलाई धन्यवाद दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रसिद्ध साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेकोसूचना प्रविधि राज्यमन्त्री एवं सरकारका प्रवक्ता बाँस्कोटाले बताउनुभयो।
बैठकले नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच श्रमसमझदारीपत्रलाई नवीकरण गर्ने निर्णय गरेको छ भने श्रम नियमावली–२०७५ लाईस्वीकृत गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले विसं २०७४ साउन ८ गते चितवन जिल्लाकोइच्छाकामना गाउँपालिका वडा नं ६ को चारकिलो भन्ने स्थानमा पहिरोहटाउनेक्रममा निधन भएका चारजना प्रहरीका परिवारलाई जनही रु १० लाख आर्थिकसहयोग दिने पनि निर्णय गरेको छ ।

साथै, बैठकले शिक्षाको अधिकारसम्बन्धी विधेयक र संघीयशिक्षा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारकाप्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । (रासस)

***


© People to People Media 2016. All rights reserved.