Tue, 23rd Oct 2018

परीक्षणका लागि पानी धनगढी लगियो

भलाकुसारी | Published on 2018-05-29 |

पानीमा हुने भौतिक, रासायनिक र जैविक प्रदूषणको मात्रा परीक्षणका लागि दार्चुला जिल्लामा रहेका छवटा मुहानबाट क्षेत्रीय पानी प्रयोगशाला, धनगढीमा पानी लगिएको छ ।

जिल्लाको चमेलिया नदी, मालिकार्जुन गाउँपालिकामारहेको पनेबाज मुहान, महाकाली नगरपालिकाको वडा नम्बर ७, धापमा रहेको पानीमुहान, वडा नम्बर ५, गल्फैमा रहेको पानी मुहान, गोकुलेश्वर बजारमा उपभोगभइरहेको पानी र जिल्ला सदरमुकाम खलंगामा उपभोग भइरहेको पानीको नमूनापरीक्षणका लागि धनगढी लगेको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय दार्चुलाका सव डिभिजन प्रमुख प्रकाशबहादुर रावलले जानकारी दिनुभयो ।

क्षेत्रीय पानी प्रयोगशाला, धनगढीका केमिष्ट (रसायनशास्त्री) कृष्ण पौडेलले परीक्षणका लागि सोमबार जिल्लाका छवटा पानीमुहानबाट पानीको नमूना लगिएको बताउनुभयो । चमेलियाको पानी कुणी रकुष्काडाका बासिन्दाका लागी लिफ्ट प्रणालीबाट बस्तीमा पु¥याइने हुँदा उक्तपानी परीक्षण गरिन लागेको उहाँले बताउनुभयो ।

पनेबाजमा रहेको पानी फोहर भएका कारण परीक्षणका लागिपानी प्रयोगशालामा लगिएको हो । सो ठाउँमा रहेको पानी मुहानबाट रातो रङकोपानी आउने गरेको स्थानीयले बताएका छन् । यस्तै, अन्य ठाउँमा रहेका मुहानकोपानीमा जैविक, रासायनिक र भौतिक प्रदूषणको मात्रा कति छ भन्नेबारे परीक्षणगरिने क्षेत्रीय पानी प्रयोगशाला, धनगढीका केमिष्ट कृष्ण पौडेलले जानकारीदिनुभयो ।

परीक्षणका लागि जिल्लाबाट लगिएका छवटा पानी मुहानकोपानीमा प्रदूषणको मात्रा बढी देखिए उक्त ठाउँमा पानी प्रशोधन केन्द्रस्थापना गरी पानीलाई शुद्धीकरण गरिने सव डिभिजन प्रमुख रावलले बताउनुभयो ।

जिल्लाबाट परीक्षणका लागि लगेको पानी ४८ घण्टापछि परीक्षण हुने पानी प्रयोगशाला धनगढीका केमिष्ट पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा अहिले ९२ प्रतिशत धरधुरीले मात्रै धाराकोपानी प्रयोग गरिरहेका छन् । जिल्लाका सबै घरधुरीमा शुद्ध पानी पु¥याउनेउद्देश्यले यस आवमा विभिन्न ठाउँमा गरी छ करोड ५४ लाख ४९ हजार लागतमा ८७वटा खानेपानीका योजना निर्माणाधीन अवस्थामा रहेको जिल्ला खानेपानी तथासरसफाइ सव डिभिजन कार्यालय, दार्चुलाका सव डिभिजन प्रमुख रावलले जानकारीदिनुभयो । अहिले जिल्लाका आठ प्रतिशत नागरिक कुवा, खोला तथा तलाउको पानीपिउन बाध्य छन् ।

***


© People to People Media 2016. All rights reserved.