Fri, 14th Dec 2018

चालू आवको २३ प्रतिशत बजेट खर्च

Published on 2018-06-22 |

प्रदेश नं ७ को प्रदेश सरकारलेचालू आर्थिक वर्ष २०७४÷७५को बाँकी अवधिका लागि विनियोजन गरेको रकममध्येजेठ महिनासम्ममा २३ दशमलव ४२ प्रतिशत खर्च भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको चालू आवकोविनियोजित खर्च रकमको समीक्षासम्बन्धी विवरणमा विनियोजन भएको मध्येचालूतर्फ रु आठ करोड ४४ लाख २२ हजार र पूँजीगततर्फ रु तीन करोड ८२ लाख ६९हजारसमेत गरी जम्मा रु १२ करोड २६ लाख ९१ हजार खर्च भएको उल्लेख गरिएको छ ।

चालू आवको बाँकी अवधिका लागि रु एक अर्ब एक करोड ९४लाख छ हजार विनियोजन गरिएको थियो । मन्त्रालयको विवरणमा प्रदेशसभासचिवालयका लागि विनियोजन भएको मध्ये ४४ दशमलव एक प्रतिशत रकम खर्च भएकोदेखाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रु तीनकरोड ८९ लाख तीन हजार विनियोजन भएकामा रु तीन करोड ५९ लाख ५४ लाख ९८२, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रु पाँच करोड ३६ लाख १५ हजार विनियोजनभएकामा रु ५७ लाख ८१ हजार खर्च भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित रुतीन करोड ५५ लाख २८ हजारमध्ये रु ९५ लाख ५९ हजार ५९८ र उद्योग पर्यटन वनतथा वातावरण मन्त्रालयका लागि कूल विनियोजित रु पाँच करोड ४४ लाख ९४हजारमध्ये रु एक करोड २१ लाख ८४ हजार खर्च भएको बताइएको छ ।

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रुचार करोड १६ लाख ७८ हजारमध्ये रु एक करोड १३ लाख ६९ हजार, भौतिक पूर्वाधारविकास मन्त्रालयको रु पाँच करोड ६० लाख ८५ हजार रकममध्ये रु एक करोड १० लाख९६ हजार र सामाजिक विकास मन्त्रालयको रु आठ करोड ७५ लाख ५५ हजारमध्ये रुएक करोड १० लाख ७३ हजार र मुख्य न्यायाधिवक्ताको कार्यालयको रु ७१ लाख ८४हजार रकममध्ये रु दुई लाख ६३ हजार मात्र खर्च भएको विवरण उल्लेख छ ।

अर्थ विविध शीर्षकमा छुट्याइएको रु ५६ करोड ४० लाख २३हजारमध्ये खर्च हुन सकेको छैन । प्रदेशसभा बैठकमा बोल्ने प्रतिपक्षीप्रदेशसभा सदस्यले चालू आवका लागि विनियोजित बजेट कार्यान्वयनको अवस्थाकाबारेमा जानकारी गराउन पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

***


© People to People Media 2016. All rights reserved.