Tue, 17th Jul 2018

स्वदेशमै रोजगारी र समान शिक्षामा जोड

Published on 2018-06-22 |

संघीय संसद्अन्तर्गतप्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिकोछलफलमा सांसदहरुले स्वदेशमै रोजगार र समान शिक्षाको व्यवस्था हुनुपर्नेकुरामा जोड दिनुभएको छ ।

बैठकमा विनियोजन विधेयकअन्तर्गत श्रम, रोजगार तथासामाजिक सुरक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञानतथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या र रक्षा मन्त्रालयको विभिन्नशीर्षकमाथि छलफल भएको थियो ।

सांसद देवप्रसाद तिमिल्सना र सांसद नरमाया ढकाललेराज्यले गरिबीको रेखामुनि रहेका व्यक्तिलाई रोजगार तथा शिक्षाको उचितव्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।सांसद कृष्णभक्त पोखरेलले अदक्ष कामदारले विदेशमापठाउँदा जोखिम बढेको भन्दै बिना सीप विदेशमा कुनै पनि कामदारलाई पठाउननहुनेमा जोड दिनुभयो ।सांसद यज्ञबहादुर सुनुवारले स्वास्थ्य र शिक्षामाजनताको नैसर्गिक अधिकार भएकाले यसमा सरकारले उचित व्यवस्थापन गरी उचितरकमको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसदहरु घनश्याम खतिवडा, दिव्यमणिराज भण्डारी, गणेशसिंह ठगुन्ना, मीरादेवी जैरीे, मैनाकुमारी भण्डारी, चन्द्रकान्तचौधरीले शिक्षा र स्वास्थ्य मानिसको जीवनको अत्यन्तै महत्वपूर्ण पाटो भएकोहुँदा नागरिकको आधारभूत शिक्षा र स्वास्थ्यमा गरीब जनताको पहुँच पु¥याउनेविषयलाई प्राथमिकताका साथ बजेटमा राख्नुपर्ने धारणा राख्नुभएको थियो ।

बैठकमा सांसद पवित्रा निरौला खरेल, सूर्यप्रसाद पाठक, सांसद सुजिता शाक्य, रेखाकुमारी झा, गजेन्द्रबहादुर महतलगायतले बजेटविनियोजन सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रतिनिधिसभाकोअर्को बैठक यही असार १० गते दिउँसो २ बजे बस्नेछ ।
–––


 

***


© People to People Media 2016. All rights reserved.