Tue, 17th Jul 2018

घलेम्दीले साधारण शेयर निष्काशन गर्ने

Published on 2018-06-22 |

 

अन्नपूर्णगाउँपालिका–४ नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दीजलविद्युत् आयोजनाले साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले घलेम्दी आयोजनालाई पहिलोचरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि साधारण शेयर निष्काशन गर्नअनुमति दिएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीलाई१० प्रतिशत अर्थात् रु पाँच करोड ५० लाखबराबरको पाँच लाख ५० हजार कित्तासाधारण शेयरनिष्काशन गर्न लागेको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिवविमल रिजालले जानकारी दिनुभयो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोरक्यापिटल लिमिटेड रहेको छ । भिवोर क्यापिटल लिमिटेडले आह्वानपत्र निष्काशनगरेपछि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शेयर जम्मा गर्न पाउने छन् ।

आयोजना प्रभावित स्थानीयवासीलाई शेयर जारी गरिसकेपछिकम्पनीले सबै नेपाली नागरिकले शेयर जम्मा गर्न पाउने गरी अर्को चरणमा रु ११करोडको शेयर जारी गर्नेछ ।

***


© People to People Media 2016. All rights reserved.