Tue, 17th Jul 2018

विकासमा पचहत्तर प्रतिशत बजेट योजना मन्त्री ज्वाला

Published on 2018-06-22 |

कर्णाली प्रदेश सरकारकाआर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विकासमा ७५ प्रतिशत बजेटविनियोजन गरेको बताउनुभएको छ ।

यही असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि भएकोछलफलमा सदस्यहरुले उठाएका कुरामा आज योजनामन्त्री ज्वालाले प्रदेशसभाबैठकमा जवाफ दिँदै सो कुरा बताउनुभएको हो । संघीय सरकारले २४ प्रतिशत विकासबजेट ल्याइरहेका बेला हामीले ७५ प्रतिशत विनियोजन गरेका छौं,” योजनामन्त्री ज्वालाले भन्नुभयो ।

उहाँले छलफलमा उठेका तर बजेटमा छुटेका कुरा रातोकिताबमा आउने विश्वास सभाका सदस्यहरुलाई दिलाउनुभयो । विकासको मेरुदण्ड सडकभएकोले प्रथमतः सडक तथा अन्य भौतिक पूर्वाधारतर्फ ध्यान दिएको जनाउँदैउहाँले भन्नुभयो, “यो बजेटले गरिबी न्यूनीकरणमा जोड दिनेछ, वितरणमुखी नभईउत्पादन र प्रतिफलमुखी बन्नेछ ।”

उहाँले प्रदेश सरकारको चालू आव २०७४÷०७५ को खर्च नभईबाँकी रहेको बजेट प्रदेश सञ्चित खातामा रहने सूचीत गर्दै साविकका कर्णालीकाज्येष्ठ नागरिकलाई हवाई यातायातमा रु एक हजार अनुदान दिने व्यवस्था पनिसरकारले गरेको बताउनुभयो । घाटा बजेट ल्याए पनि सरकारले एक अर्ब आन्तरिक ऋणलिन पाउने उहाँको भनाई थियो ।

त्यस्तै, सदस्यहरुको जिज्ञासामा उहाँले जनताको भावनानफुट्ने गरी बजेटको डल्लो फुटाइएको र रातो किताबमा किटान भएका बजेट बाहेकशक्ति, पहुँच र चिनजानका आधारमा बजेट नजाने उहाँको जिकिर थियो ।

भूगोललाई मुख्य आधार बनाइएको बजेटमा शैक्षिक पूर्वाधारनिर्माणलाई पनि त्यत्तिकै ध्यान दिएको उहाँले बताउनुभयो । उहाँले रातोकिताब कर्णालीको कुनै गाउँका लागि औंशी र कुनै गाउँका लागि पूर्णिमा कदापिनहुने आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो, “बजेट महत्वाकांक्षी छ र राख्नु पनिपर्दछ । आकांक्षा विना विकास पनि सम्भव छैन । यसलाई समन्यायिक, समावेशी रलैङ्गिक उत्तरदायी बजेट पनि भन्नुपर्छ ।” प्रदेश सरकारले ल्याएको रु २८अर्ब २८ करोड बजेटले समृद्धिको ढोका खोल्ने र कर्णाली प्रदेशका लागिकोसेढुंगा सावित हुनेसमेत उहाँले दाबी गर्नुभयो ।

***


© People to People Media 2016. All rights reserved.