Sat, 20th Oct 2018

अध्यक्ष दाहाल स्वदेश फिर्ता

Published on 2018-07-01 |

पत्नी सीता दाहालकोउपचारका लागि सिंगापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ स्वदेश फर्किनुभएको छ ।

यही असार ३ गते पत्नी सीताको उपचारका लागि त्यसतर्फप्रस्थान गर्नुभएका अध्यक्ष दाहाल पत्नीको स्वास्थ्यमा सुधार आएपछि स्वदेशफर्कनु भएको हो । ‘वाटर थेरापी’ र चिकित्सकको सुझावअनुसारको औषधि सेवनलेसीताको स्वास्थ्यमा सुधार आएको बताइएको छ ।

चिकित्सकको सुझावअनुसार सीताको थप उपचारका लागि उहाँसिंगापुर जानुभएको हो । चिकित्सकले सिंगापुरको एमटी एलिजाबेथ अस्पतालमासीताको उपचार गराउन सुझाव दिएका थिए ।

अध्यक्ष दाहाललाई स्वागत गर्न नेकपाका महासचिवविष्णुप्रसाद पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपा संसदीय दलकाउपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथाआपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शंकरपोखरेल, नेत्री पम्फा भुसाल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललगायतत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

***


© People to People Media 2016. All rights reserved.