Sat, 20th Oct 2018

स्वस्थानीमा विद्यावारिधि गर्नुहुने जेसिकाको सम्मान

Published on 2018-07-01 |

वैदिक सनातन धर्मका १८पुराणमध्येको स्कन्दबाट लिइएको स्वस्थानी व्रत कथाका विषयमा विद्यावारिधिशोध गरी पुस्तक प्रकाशन गर्नुभएकी जेसिका भान्टाईन बीर्केन्होल्ट्जलाई आजयहाँ सम्मान गरियो ।

माघ महिनामा नेपालीले घरघरमा वाचन गर्ने स्वस्थानीव्रतकथाका बारेमा उहाँले समालोचनात्मक कोणले तयार पार्नुभएको शोधपत्रलाईपुस्तकका रुपमा प्रकाशन गर्नुभएको हो । पुस्तक अक्सफोर्ड विश्वविद्यालयप्रेसले छापेको हो । शालीनदीमा एक महिनासम्म लाग्ने मेलाका बारेमा समेतपुस्तकमा उल्लेख गरी साँखुलाई विश्वमा चिनाएको भन्दै जेसिकालाई शंखरापुरनगरपालिकाले सम्मान गरेको हो ।

उहाँले २२ वर्ष अघि स्वस्थानी व्रतकथाका विषयमा शोधशुरु गर्नुभएको थियो । पाँच वर्षअघि यही शोधका कारण जेसिकाले विद्यावारिधिउपाधि पाउनुभएको थियो ।

विद्यावारिधि शोधका लागि उहाँ पाँचपटक नेपाल आएर एकवर्षभन्दा बढी समय बिताउनुभयो । स्वस्थानी व्रतकथाका बारेमा अन्य देशबाटप्रकाशन भएका किताबका बारेमा समेत जेसिकाले पुस्तकमा उल्लेख गर्नुभएको छ ।रिसाइटिङ द गडेस (देवीको प्रार्थना) नामक उक्त पुस्तक दुई वर्ष अगाडिअक्सफोर्ड युनिभर्सिटी पे्रसबाट प्रकाशन भएको हो ।

यो पुस्तक हस्तान्तरण गर्न हालै उहाँ नेपाल आउनुभएकोहो । शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले उहाँलाई सम्मानगर्नुभयो । उक्त पुस्तकलाई नेपाली भाषामा समेत अनुवाद गरिने कार्यक्रमकाअवसरमा जानकारी गराइयो । हाल उहाँ अमेरिकाकै इलिनोइस विश्वविद्यालयमाप्राध्यापन गर्नुहुन्छ ।


 

***


© People to People Media 2016. All rights reserved.