Mon, 10th Dec 2018

ग्राण्डी अस्पतालका सम्पूर्ण सेवा सञ्चालनमा

Published on 2018-07-01 |

सिम्रिक एयरको हेलिकप्टरअस्पतालको हेलिप्याडमा अवतरण गर्दा भएको दुर्घटना पछि पनि ग्राण्डीअन्तर्राष्ट्रिय अस्पतालको सम्पूर्ण सेवा सञ्चालनमा आएको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टरडा चक्रराज पाण्डेका अनुसार अस्पतालको चिकित्सक टोलीलाई लिन आएको सिम्रिकएयरको हेलिकप्टर शनिबार दिउँसो अस्पतालको हेलिप्याडमा अवतरण गरिसकेपछिअचानक अनौठो आवाज आएर घडिको सुइको विपरित दिशामा केहि फन्को घुमेरअस्पतालको दक्षिणतर्फको कुनामा खस्न पुगेको थियो ।

चितवनको भरतपुरमा बिरामी लिन जानका लागि चिकित्सकटोली लिन विमानस्थलमा इन्धन भरेर आएको हेलिकप्टर अस्पतालमा अवतरण गरिसकेपछिहेलिप्याडको छेउहुँदै तल खसेको थियो । हेलिकप्टरका पाइलट क्याप्टेन हरेरामथापा सुरक्षित अवस्थामा बाहिर निस्कन सफल भएको डा पाण्डेद्वारा आज जारीगरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘हेलिकप्टर खसेपछि अस्पतालको छानामा थोरै क्षतिपुगेको थियो, यस घटनाका कारण अस्पतालको नियमित सेवा सञ्चालनमा कुनै बाधापुगेको छैन । सम्पूर्ण सेवा सञ्चालनमा छन्’ विज्ञप्तिमा उल्लेख छ ।
 

***


© People to People Media 2016. All rights reserved.