Tue, 17th Jul 2018

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

Published on 2018-07-04 |

व्यापारिक समुदायले आफ्नोव्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशीलरहनुपर्नेमा जोड दिइएको छ ।

उत्तरदायीपूर्ण ढंगबाट व्यवसाय प्रवद्र्धनसँगै दिगोविकास लक्ष्य हासिल गर्ने उद्देश्यले राष्ट्रिय संयन्त्रका रुपमा स्थापितग्लोबर कम्प्याक्ट नेपालले आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुलेयस मञ्चलाई उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकाराष्ट्रिय प्रतिनिधि रेनाउड मेयरले दिगो विकास लक्ष्यले परिलक्षित गरेकालक्ष्यहरु कार्यान्वयन गराउन निजी व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहनेबताउनुभयो ।

ग्लोबल कम्प्याक्ट नेपालकी अध्यक्ष सुलोचना श्रेष्ठशाहले सन १९९९ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नानकोघोषणाअनुसार स्थापना भएको विश्वव्यापी संयन्त्रलाई सन् २०१५ मा नेपालमाअनौपचारिकरुपमा स्थापना गरिएको र हाल यसमा गैरसरकारी संस्था र व्यापारिककम्पनी गरी २२ सदस्य रहेको जानकारी दिनुभयो ।

सो अवसरमा संस्थाका महासचिव योगेश सत्याल, सदस्य समीरथापा, नवीना श्रेष्ठलगायतले ग्लोबल कम्प्याक्ट नेपालका गतिविधि र भावीकार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो ।

***


© People to People Media 2016. All rights reserved.