Tue, 17th Jul 2018

गोपालप्रसाद रिमाल नाटक र कविता पुरस्कार घोषणा

Published on 2018-07-04 |

संस्कृति, पर्यटन तथानागरिक उड्ययन मन्त्रालयले यस वर्षको गोपालप्रसाद रिमाल नाटक पुरस्कार प्राडा मोहन हिमांशु थापालाई प्रदान गर्नेनिर्णय गरेको छ ।

मन्त्री रवीन्द्रप्रसाद अधिकारीले मंगलबारमन्त्रीस्तरीय निर्णय गरी गोपालप्रसाद रिमाल काव्य पुरस्कार जोरपाटीकाठमाडौँका नरेश शाक्यलाई प्रदान गर्ने निर्णय गर्नुभएको मन्त्रालयकाप्रवक्ता घनश्याम उपाध्यायले राससलाई जानकारी दिनुभयो । दुवै पुरस्कारकोराशि रु एक लाख छ ।

थापाले नेपाली गद्य आख्यान र शाक्यले कविता क्षेत्रमापु¥याउनुभएको योगदानको कदर स्वरुप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। असार ८ गते गठन भएको पुरस्कार सिफारिश समितिले उहाँहरुको नाम छनोट गरेकोहो ।

***


© People to People Media 2016. All rights reserved.