Tue, 17th Jul 2018

च्याउ खाँदा एकै परिवारका चारजना सिकिस्त

Published on 2018-07-07 |

देवघाट गाउँपालिका–२ मास्दीमाशनिबार बारीमा परालमा उम्रेको च्याउ ल्याएर खाँदा एकै परिवारका चारजनासिकिस्त भएका छन् ।

सिकिस्त विरामी हुनेमा सोही ठाउँका ४५ वर्षीयनोपबहादुर ठकुरी, उनकी ४२ वर्षीया श्रीमती हितमाया, २२ वर्षीय छोरा सन्दिप रनौ वर्षीय छोरा रितभर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर नजिकैको बारीमा परालमा उम्रेका ठूल्ठूला च्याउल्याएर तरकारी खाँदा उनीहरु सिकिस्त भएका हुन् । ती सबैको दमौली अस्पतालमाउपचार भइरहेको प्रहरीले जनाएको छ ।

***


© People to People Media 2016. All rights reserved.