Fri, 17th Aug 2018

संस्कृत शिक्षालाई जीवनोपयोगी बनाउन आवश्यकः मन्त्री पोखरेल

Published on 2018-07-07 |

शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संस्कृत शिक्षालाई जीवन उपयोगी बनाउननयाँ पाठ्यक्रम बनाइएको बताउनुभएको छ ।

महोत्तरीको मटिहानी नगरपालिकाको मटिहानीस्थित श्रीराजकीय संस्कृत माध्यमिक विद्यालयका तीनवटा नयाँ भवनको आज उद्घाटन गर्दैमन्त्री पोखरेलले अब संस्कृत शिक्षामा प्राकृतिक चिकित्साको पाठ्यक्रमथपिएको बताउनुभएको हो । “संस्कृत प्राचीन भाषा हो, यो शिक्षाको प्रसार रसंरक्षणमा सरकारले दिँदै आएको अनुदान घटाएको छैन”–मन्त्री पोखरेललेभन्नुभयो, “तर अब संस्कृतलाई प्राचीन भाषाको ज्ञान बढाउने र धर्म, कर्मकालागि मात्र होइन, जीवनसँग जोडेर अघि बढाउनुपर्छ ।”

संस्कृत भाषालाई जीवनोपयोगी बनाउन प्राकृतिक चिकित्सा रआयुर्वेदको पठनपाठनमा जोड दिनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो । वर्तमानसरकार सबै भाषा, संस्कृतिको विकास र संबद्र्धन हुनपर्छ भन्ने मान्यतालेनिर्देशित भई अघि बढेको उहाँले बताउनुभयो ।

यसै मान्यताबाट केही दिन पहिलेमात्र महोत्तरीमायसपटकको शैक्षिक सत्रमा यहाँको भाषा मैथिलीको पठनपाठन केही विद्यालयमा शुरुगराइएको मन्त्री पोखरेलको भनाइ थियो । समारोहमा मन्त्री पोखरेललाईविद्यालयले संस्कृत भाषामा लेखिएको अभिनन्दनपत्र प्रदान गरेको छ ।

समारोहमा विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेललेविसं १७७५ मा गुरुकुल प्रणालीमा स्थापना भएको यो विद्यालयमा नेपाल गुठीसंस्थानबाट ४४ बटुक (संस्कृत माविका छात्र) लाई भोजनवृत्ति दिँदै आइएपनितरकारी, खाने तेल, मसाला र इन्धनबापत ४० वर्ष पहिले निर्धारित छाकको एकरुपैयाँमात्र प्राप्त भइरहेको गुनासो गर्नुभयो ।

यसबाहेक थप १० लाई भोजनबापत नै दिइने छात्रवृत्ति पनि४० वर्ष पुरानै मासिक १५० कायम रहेको प्रधानाध्यापक पौडेलको भनाइ थियो ।उहाँले यसमा समयअनुकूल सुधार गर्न माग गर्नुभयो ।

मुलुकका हिमाली, पहाडी र मधेससहित भारतका विद्यार्थीपनि अध्ययनरत यस विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पनि पठनपाठनशुरु भएको छ । अहिले विद्यालयका कूल १५० छात्रछात्रालाई बस्ने छात्रबास, भोजन, पोशाक र ओढ्ने, ओछ्याउने लुगा र खाट दाताको सहयोगबाट चलेको जनाइएको छ।

यसअघि स–साना छाप्रामा अध्ययन अध्यापन हुँदै आएको सोविद्यालयलाई जिल्ला शिक्षा समन्वय इकाइले उपलब्ध गराएको सहयोगबाट १० वटाकोठाको तीनवटा भवन निर्माण भएको हो । विद्यालयमा अन्य अनिवार्य विषयबाहेकसंस्कृत शिक्षाअन्तर्गत अहिले बेद, ज्योतिष, साहित्य, व्याकरण र न्यायसहितपाँच विषयमा पठनपाठन हुँदै आएको छ ।

उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य इन्दु शर्मा, प्रदेशसभा सदस्य अभिराम शर्मा र मटिहानीका नगर प्रमुख हरिप्रसादमण्डलसहितका वक्ताले यस विद्यालयलाई सबै पक्षबाट साथ सहयोग हुनपर्नेबताउनुभयो ।

***


© People to People Media 2016. All rights reserved.