Tue, 23rd Oct 2018

मट्टितेल छर्केर आगो लगाई हत्या गरेको आरोपमा जाहेरी

Published on 2018-07-07 |

रुपन्देहीको कञ्चनगाउँपालिका–५ की १६ वर्षीया एक किशोरीको एक साताभन्दा बढी समय उपचारपश्चातज्यान गएसँगै उनको हत्या भएको अरोप लगाइएको छ ।

आफ्नै घरमा सुतेको अवस्थामा यही असार १० गते समीक्षाठकुरीको बिहान करिब २ः३० बजेको समयमा शरीरमा आगो लागेर चिच्याएपछि उनलाईतत्काल उपचारार्थ अस्पताल पु¥याइएको थियो । समीक्षाकोशरीरमा बाबुतेजबहादुर ठकुरीसहित घर परिवारका अन्य सदस्यले मट्टितेल छर्केर आगो लगाएरहत्या गरिएको आरोप उनकी आमा माया थापाले लगाउनुभएको छ ।

समीक्षाको मृत्युपश्चात मृतककी आमा माया थापाले इलाकाप्रहरी कार्यालय सालझण्डीमा ३४ वर्षीय बाबु तेजबहादुर, हजुरआमा ६४ वर्षीयाहरिकला र बुटवल उपमहानगरपालिका– २ बस्ने फुपुहरु मधु ठकुरी थापा र अमृताठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय सालझण्डीकाप्रहरी निरीक्षक दिपेश बस्यालले जानकारी दिनुभयो ।

उनीहरुमध्ये मधु घटनाको राति मृतक माइतीमा बसेकी थिइन्भने अमृता भने नरहेको प्रहरीले जनाएको छ । घटनालगत्तै उनलाई उपचारार्थलुम्बिनी अञ्चल अस्पताल बुटवल हुँदै मिसन अस्पताल पाल्पा र अन्तमाकीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा यही असार २० गते बिहान ज्यानगएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मृतक समीक्षा जन्मिएको नौ महिनामा आमामायाले दोस्रो विवाह गरेपछि उनी आमासँग र मावलीमा बस्दै आएकी थिइन् । उनीविगत ६ महिनाअघि मात्र आफ्ना परिवारसँग बस्न थालेकी हुन् । उनी स्थानीयपिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत् थिइन् ।

***


© People to People Media 2016. All rights reserved.