Mon, 10th Dec 2018

खेल्दै सिक्ने केन्द्रको मूलप्रवाहीकरण

Published on 2018-07-10 |

वैकल्पिक शिक्षाकार्यव्रmम अन्तर्गत नेपालगञ्जमा सञ्चालित खेल्दै सिक्ने केन्द्र मूलप्रवाहीकरणलाई थप प्रभावकारी बनाउन थालिएको छ ।नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्कोक्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारीबनाउनका लागि अहिले अर्को रणनीतिक कार्ययोजना निर्माण गरिँदैछ ।

कार्ययोजना निर्माणमा नेपालगञ्ज उपमहानगरपालिका, बाँकेजिल्ला शिक्षा समन्वय इकाइ, बाँके युनेस्को क्लब र समुन्नत नेपालकोसंयुक्त कार्यदल गठन गरिएको छ ।

‘करीब १२ हजारभन्दा बढी बालबालिका र किशोरकिशोरीविद्यालय बाहिर रहेकाले उनीहरुलाई केन्द्रमा समेट्ने उद्देश्यले थप रणनीतिकयोजना निर्माण गर्न लागिएको हो’—जिल्ला शिक्षा विकास समन्वय ईकाइका प्रमुखगोर्खबहादुर थापाको भनाइ छ ।

खेल्दै सिक्ने केन्द्रलाई अहिले अन्तर्राष्ट्रियगैरसरकारी संस्था युनिसेफले पनि सघाएको छ भने केन्द्र राखिएका नेपालगञ्जउपमहानगरपालिकाको टोल अन्तर्गतको वडा कार्यालयले यसको अपनत्व समेत ग्रहणगरेको छ ।

‘खेल्दै सिक्ने केन्द्र आप्mनो वडामा रहेकाले अब योहाम्रो जिम्मेवारीभित्र पनि पर्ने भएकाले यसका लागि आवश्यक सम्पूर्णव्यवस्था वडा कार्यालयले गर्नेछ’—नेपालगञ्ज उपनपा वडा नं ४ का अध्यक्ष सफिकबेहनाको प्रतिबद्धता छ ।

नेपालगञ्जको वडा नं ४ र ८ मा दुईवटा खेल्दै सिक्नेकेन्द्र सञ्चालनमा रहेका छन् । श्रम गर्नुपर्ने तर विद्यालय जान नसक्नेबालबालिका र किशोरकिशोरीले केन्द्रमा बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मजुनसुकै समयमा आएर पढ्न र खेल्न पाउने व्यवस्था मिलाइएको छ ।
बालबालिकाको उज्ज्वल भविष्य निर्माण र उनीहरुकोसम्पूर्ण विकास प्रक्रियामा लगानी गर्नुपर्ने मुख्य उद्देश्य रहेकालेयुनिसेफले केन्द्रमा पनि लगानी गर्दै आएको छ, युनिसेफका रामप्रसाद गौतमलेबताउनुभयो ।

केन्द्रमा १० वर्षदेखि १९ वर्ष उमेरका विद्यालयछाडेका तथा नगएका बालबालिका र किशोरकिशोरी विषयगत पाठ्यक्रमसँगै स्वास्थ्य, उद्यमशीलता, सूचना तथा प्रविधि, आयआर्जन लगायतका विषयमा ज्ञान हासिलगर्दछन् ।

***


© People to People Media 2016. All rights reserved.