Tue, 23rd Oct 2018

नेकपाको नियमावली पारित

Published on 2018-07-11 |

नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले पार्टीको नियमावली पारित गरेको छ । नियमावलीलाई अन्तिमरुप दिन प्रधानमन्त्री निवासबालुवाटारमा सम्पन्न बैठकले एकतापछिको अन्तरिम विधानबमोजिम सो नियमावलीपारित गरेको हो ।

नियमावली पारित भएसँगै मातहतका संगठनको एकताप्रक्रिया अघि बढाउन सचिवालय बैठकले समयबद्ध कार्ययोजना बनाउने निर्णयगरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसबारे बिहीबारसचिवालय बैठक पुनःबस्नेछ ।

स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमानियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेताहरु वामदेव गौतम, रामबहादुर थापा रविष्णु पौडेल रहेको कार्यदलले दिएको प्रतिवेदनलाई बैठकले अनुमोदन गरेको हो। उक्त नियमावली प्रकाशन हुनेछ ।

नेकपा (एमाले)र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ३ गते एकता भई नेकपा गठन भएको थियो । एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रभास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ ।

***


© People to People Media 2016. All rights reserved.