Sat, 20th Oct 2018

नहरमा डुबेर महिलाको मृत्यु

भलाकुसारी | Published on 2018-08-28 |

            नहरमा डुबेर आज यहाँ एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–४ मौलीका ३५ वर्षीया शान्ता रेउले रहेको छ ।

            आज दिउँसो माइतीबाट घर फर्कने क्रममा स्थानीय नहरमाडुबेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राप्ती अञ्चल अस्पतालतुलसीपुरमा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

            रेउलेलाई नहरमा डुबेको देखेपछि स्थानीयवासीलेप्रहरीलाई खबर गरेका थिए । खबर पाएलगतै प्रहरीले घटनास्थलमा पुगेर उनलाईउद्धार गरी उपचारका लागि अस्पताल पु¥याएका थिए ।

***


© People to People Media 2016. All rights reserved.