Fri, 14th Dec 2018

पोखरीमा डुबेर बालकको मृत्यु

भलाकुसारी | Published on 2018-08-28 |

सप्तरीरुपनी गाउँपालिका–१रायपुरस्थित मामाघर आएका एक बालकको पोखरीमा डुबेर आज मृत्यु भएको छ ।

मृत्युहुनेमा सर्लाही बहुर्वा गाउँपालिका–२ डुमरियाटोलका इन्दल यादवको सात वर्षीय छोरा विक्रम यादव रहेको सप्तरीका प्रहरीनायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।

रक्षाबन्धन पर्व मनाउन मामा घर आएका विक्रम शौच गरेरहात धुन गएको बेला चिप्लेर पोखरीमा डुबेको बताइएको छ । स्वास्थ्य परीक्षणकालागि उनको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमाराखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
 

***


© People to People Media 2016. All rights reserved.