Mon, 10th Dec 2018

मिर्गौला पीडितलाई वैदेशिक सहयोग

भलाकुसारी | Published on 2018-09-01 |

झापा गौरादह–९ कामिर्गौला पीडित बोधराज खनालको उपचारका लागि प्रवासमा रहेका नेपालीले आर्थिकसहयोग गरेका छन् ।

अष्ट्रेलिया र अमेरिकालाई कर्मभूमि बनाएर बस्दै आएकानेपालीले खनालको उपचारका लागि रु ८० हजार उपलब्ध गराएका हुन् ।स्थानीयवासीले कृष्ण गौतमको नेतृत्वमा ‘बोधराज खनाल बचाऊ’ अभियान सञ्चालनगरिएकाले बालकल्याण मावि महाभाराका पूर्व विद्यार्थीलेसोही विद्यालयमाकार्यरतभीमप्रसाद खनालका छोरा बोधराजको उपचारका लागि सहयोग जुटाएका हुन् ।

उक्त विद्यालयका पूर्व विद्यार्थी तथाअष्ट्रेलियास्थित झापाली समाजका उपाध्यक्ष नेत्र पौडेलको नेतृत्वमा सङ्कलितरु ७० हजार बिहीबार पीडितको घरमै जनप्रतिनिधिको रोहबरमा परिवारलाई प्रदानगरिएको थियो ।

सो रकम उपाध्यक्ष पौडेलका बुबा खेमकुमार पौडेल रगौरीगञ्ज गाउँपालिका–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले खनाले हस्तान्तरणगर्नुभएको थियो। त्यसैगरी बैगुनधुरा घर भई हाल अमेरिकामा बस्दै आउनुभएकीजीना ढुङ्गानाले पनि पीडित परिवारलाई रु १० हजार सहयोग गर्नुभएको छ ।

***


© People to People Media 2016. All rights reserved.