Fri, 14th Dec 2018

फैसला तयार छिटो

भलाकुसारी | Published on 2018-09-01 |

मुलुकी देवानी कार्यविधि(संहिता) ऐन २०७४ लागूभएपछि तुलसीपुर उच्च अदालतमा फैसला तयार छिटो छरितोहुँदै गएको छ ।

यसअघि एउटा फैसला तयार गर्न कम्तीमा सात दिनदेखि १५दिनसम्म लाग्ने गरेकामा सो संहिता लागू भएपछि अहिले उक्त अदातलले फैसलाभएको भोलिपल्ट नै फैसला तयार गर्ने गरेको अदालतका सूचना अधिकृत रुद्रमणिगिरीले जानकारी दिनुभयो ।

उक्त संहिताको दफा १९८ माअदालतलेनिर्णय वा फैसलागरेको मितिले दुई दिनभित्र फैसला तयार गरी सक्नुपर्ने र यसरी भएका फैसलाप्रत्येक हप्ता कार्यालयको वेबसाइड तथा सूचना पार्टीमा टाँस गर्नुपर्नेप्रावधान छ ।

उक्त अदालतको वेबसाइड निर्माण नभइसकेकाले वेबसाइडमाराख्न नसकिएको तर फैसला नियमितरुपमा कार्यालयको सूचनापाटीमा टाँस गरिएकोपनि सूचना अधिकृत गिरीले बताउनुभयो ।

उक्त अदालतमा भदौ महिनाको हालसम्म नौ थान मुद्दाफछ्र्योट भएकामा ती सबै मुद्दाको फैसला तयार गरी सूचना पाटीमा टाँसिएकोमुख्य न्यायाधीश नहकुल सुवेदीले बताउनुभयो ।

उहाँले छिट्टै नै अदालतको वेबसाइट निर्माण गर्नेजानकारी दिँदै यसरी छिटो छरितो फैसला तयार हुँदा फैसला कार्यान्वनमा सहजहुनेर नागरिकले पनि समयमै न्याय पाउने उल्लेख गर्नुभयो ।

***


© People to People Media 2016. All rights reserved.