Sat, 20th Oct 2018

२४ प्रकारका सेवा निःशुल्क

भलाकुसारी | Published on 2018-09-01 |

स्थानीय तहहरुले करको दायराबढाइरहेका बेला यहाँको दशरथचन्द नगरपालिका–२ देहिमाडौँ वडा कार्यालयले २४प्रकारका सेवा निःशुल्क गरेको छ । गरीब नागरिकलाई पनि सरकारी कामकाजका लागिसहज गराउन यस्ता विभिन्नसेवा निःशुल्क प्रदान गर्ने घोषणा गरिएकोवडाध्यक्ष रनबहादुर बोहराले जानकारी दिनुभयो ।

नागरिकता, नागरिकताको प्रतिलिपि, मोही लागत कट्टा, व्यापार व्यवसाय बन्द, मिलापत्र दर्ता, विवाहित तथा अविवाहित प्रमाणित, स्वास्थ्य उपचार, फरकफरक नामथर, जन्ममिति प्रमाणित तथा दुवै नाम एउटै होभन्नेजस्तासिफारिश निःशुल्क हुने उहाँले बताउनुभयो ।

यस्तै जग्गाधनी प्रमाण पूर्जा संशोधन, कित्ताकाट, नामसारी, जग्गाको हक, नाता प्रमाणित, जीवित रहेको प्रमाणित, पालनपोषण, वैवाहिक अङ्गीकृत नागरिकता, दलित अपाङ्गता प्रमाणितलगायत सिफारिशलाई पनिनिःशुल्क गरिएको छ ।
ती २४ वटा प्रकारका सेवा निःशुल्क प्रदान गर्नेदशरथचन्द नगरपालिका–२ देहिमाडौँ बैतडीकै पहिलो वडा हो । बैतडीमा चारनगरपालिका र ६ गाउँपालिकाका गरी८४ वडा छन् ।

***


© People to People Media 2016. All rights reserved.