Sat, 20th Oct 2018

नदीले जग्गा बगाउन थालेपछि...

भलाकुसारी | Published on 2018-09-01 |

शुक्लाफाँटा नगरपालिका–११कोबनहरा नदी तटीय क्षेत्रमा बस्दै आएका एक दर्जन सुकुम्वासी परिवार विस्थापनहुनुपर्ने स्थितिमा पुगेका छन् ।

उक्त नदीले बस्दै आएको जग्गा बगाउन थालेपछिसुकुम्वासी परिवार विचल्लीमा परेका हुन् । नदीले बस्दै आएको जग्गा कटान गरीगहिरो खोला बनाएको र सडकबाट झरेको पानीले समेत जग्गा कटान गर्न थालेकोगुनासो गर्दैस्थानीयवासी मानध्वज लुहारले भन्नुभयो, “पहाडी क्षेत्रमाकेही नहुँदा तराई झरेका थियौँ अहिले बस्दै आएको जग्गासमेतबाढीले कटान गरीबगाउन थालेपछि कुन ठाउँमा जाने भन्ने चिन्ता बढ्न थालेको छ ।”

नदीले धमाधम जग्गा कटान गरी बगाउन थालेपछि जीउजोगाउनका लागि सुरक्षित स्थानको खोजीमा लाग्नुपरेको पीडित कलावती लुहारलेबताउनुभयो । तीन परिवार बस्दै आएको झोपडी नदीले बगाउने अवस्थामा पु¥याएकालेउनीहरु छिमेकीको झोपडीमा सरेका छन् ।

नदीमा बाढी आए झोपडी बगाउने डरले बस्दै आएको ठाउँछाडेर वर्षाको पानीमा भिज्दै बालबालिकासहित अनिँदोमै सडकमै रात बिताउनुपर्ने अवस्था रहेको अर्का पीडित माघी रावतले उल्लेख गर्नुभयो ।

डेढ दशक अघिदेखि अस्थायी रुपमा श्रीकृष्ण सामुदायिकवन छेउ १२ परिवार सुकुम्वासी बस्दै आएका छन् । नदीले जग्गा बगाउन थालेपछिसुरक्षित स्थानमा सारीदिन माग गर्दै वडा र नगरपालिका कार्यालयमा निवेदन दिएपनि सुनुवाइ हुन नसकेको उनीहरूको भनाइछ ।

***


© People to People Media 2016. All rights reserved.