Mon, 10th Dec 2018

पढ्ने चाहना पूरा गर्दै बृद्धा जुरीमायाँ

भलाकुसारी | Published on 2018-09-01 |

एक वर्षदेखि दिक्तेल बजारमाकोठा भाडामालिएर एक्लै बसोबास गर्दै आउनुभएकी जुरीमायाँ राई बल्ल अहिलेआएर किताब लेखपढ गर्नसक्ने हुनुभएको छ ।
स्थानीय सरस्वती माविको एक कक्षामा बाह्रखरी रअङ्कहरु सिक्दै गर्नुभएकी केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ७५ वर्षीयाउहाँ अहिले वाईवलसमेत पढ्न सक्ने हुनुभएको छ । क्रिश्चियन धर्मावलम्बीजुरीमायाँ भन्नुहुन्छ, “सेवामा जान्छु, कहिलेकाहीँ नबुझेको कुरा सोध्दाहल्ला भयो भन्ने गरेकाले आफैँ पढ्न सक्ने बन्न स्कूल आएकी हूँ ।”

विसं २००१ साउन ८मा जन्मनुभएकी उहाँ गत साउन ६ गतेदिक्तेलस्थित सरस्वती माविको कक्षा–१ मा भर्ना भएर अध्ययन गरिरहनुभएको छ ।उहाँको रोल नं ३१ रहेको विद्यालयले जनाएको छ ।

पढाइप्रति निक्कै इच्छुक देखिनुहुने जुरीमायाँनबुझेको कुरा आफैँले पढेर बुझ्न सक्ने हुनाका लागि विद्यालयको नियमितविद्यार्थीका रुपमा बिहान १० देखि बेलुकी ३ः२० सम्म कक्षाभित्रै रहनुहुन्छ ।

तीन वर्षअघि बित्नुभएका उहाँका श्रीमान् पूर्वबेलायती सेना हुनुहुन्थ्यो । विगतमा पढ्ने र पढाउने कुरै नभए पनिश्रीमान्सँग पल्टन (मरक्का)मा रहँदा पढ्न शुरु गरेपनि त्यहाँ बसेको एकमहीना बित्न नपाउँदै हङकङ सर्नु परेका कारण जुरीमायाँको पढ्ने चाहना अधुरैभएको थियो । सोहीे चाहना पूरा गर्न उहाँ अहिले कक्षा १ को विद्यार्थीबन्नुभएको हो । आफ्नोबाट सन्तान नभएपछि कान्छी श्रीमतीका रुपमा उहाँकाश्रीमान्ले अर्को विवाह गर्नुभएको थियो ।

कान्छीतर्फबाट जन्मेका चार छोरी र दुई छोराले पनिराम्रो नपढेकामा जुरीमायाँको ठूलो गुनासो छ । श्रीमान्को मृत्युपछि उनकोपेन्सन जेठी–कान्छी दुबैले आधा–आधा थाप्ने गरेका छन् । नाति–नातिनीलेधेरैपढेको हेर्न चाहने जुरीमायाँ कलिलाबालबच्चासँगै बसेर सिक्न पाउँदा खुशीलागेको बताउनुहुन्छ । शिक्षकहरुसँग कुनै अप्ठ्यारो नमान्नुहुने उहाँँ कक्षाकोठातिर देखाउँदै भन्नुहुन्छ, “मलाई त यहाँ आनन्द छ, एकदमै खुशी छु ।”

अहिले विद्यालय जान थालेको महीना दिनमै जुरीमायाँलेअङ्क जोड्न, अक्षर पढ्न र सार्न सक्ने भइसक्नुभएको छ । कोठामा एक्लैबस्नुहुने उहाँ बिहान बेलुकी खाना पकाउने, खाने अनि बाँकी रहेको समयमालेख–पढमा बिताउनुहुन्छ। “अलिअलि त पढ्न सक्छु जस्तो लाग्दैछ,” रासससंगकोकुराकानीमा हाँस्दै उहाँ भन्नुहुन्छ। जुरीमायाँले एक महिनाको अवधिमा नैनिक्कै प्रगति गर्नुभएको उल्लेख गर्दै शिक्षक नुरकाजी सैँजु भन्नुहुन्छ, “अध्ययनमा रुचि, चासो र नियमित उपस्थितिका कारण छोटो समयमा नै उहाँ लेखेकोसार्न तथा अङ्क जोड्न सक्ने हुनुभएको हो ।”

“मेरो आमा ७८ वर्षमा बित्नुभएको थियो, पढ्नमाउत्प्रेरित गराउन आग्रह गर्नुहुने७५ वर्षकी एकआमालाई पढाउन पाउँदाआफूलाई गर्व भएको र धर्म पनि कमाइयो कि भन्ने लागिरहेको छ,” शिक्षक सैँजुबताउनुहुन्छ, “यो हामी सबैको गौरवको कुरा पनि हो ।”

जुरीमार्याँलाईआफ्ना सहपाठीका कारण कक्षामा लेख्नलाग्दाअक्षर बिग्रेकामा चिन्ता हुन्छ, लेखपढ गरिरहँदा ३ देखि ८वर्षसम्मका पनाती–पनातिनी सरहका सहपाठीहरु उहाँतिरै झुम्मिरहेका हुन्छन् ।“यिनीहरूले हल्लाइदिएर मेरो अक्षर नै बिगारी दिन्छन् के गर्नु ?,” उहाँभन्नुहुन्छ।

बसेर लेख्दा बच्चाले हल्लाइदिने हुनाले उभेरै लेख्नेगर्नुहुनेजुरीमायाँ भन्नुहुन्छ, “बच्चाहरू हल्ला त गर्छन् नि सर तर अब तबानी नै भैसक्यो ।” उक्त विद्यालयमा जुरीमायाँसँगै निजी विद्यालय छाडेरआउने विद्यार्थीहरू पनि अध्ययनरत छन् । जिल्लाको सबैभन्दा पुरानोविद्यालयमा पछिल्लो समय शैक्षिक तथा भौतिक संरचनामा भएको सुधारले जिल्लाकैनमूना विद्यालयका रुपमा स्थापित भएको छ । (तस्बीर पनि उपलब्ध छ)
 

***


© People to People Media 2016. All rights reserved.