Thu, 24th Jan 2019

ग्रीनलाइफ हाइड्रोको साधारण शेयर

Published on 2019-01-04 |

नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई रु १८ करोड बारबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ ।


बार्डका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि साधारण शेयर बिक्री गरिने छ । कम्पनीको कूल चुक्ता पूँजीको दश प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर बिक्री गरेपछि सर्वसाधारणलाई शेयर बिक्री गर्नेछ ।
सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले दोलखामा खानीखोला एक जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने तयारी गरेको छ ।

सो आयोजनाको क्षमता ४० मेगावाट रहेको छ तर हाल सो आयोजनाले २५ मेगावाट क्षमताको आयोजना मात्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

***


© People to People Media 2016. All rights reserved.