Sat, 23rd Mar 2019

नेकपा संसदीय दलको प्रमुख सचेतकमा अधिकारी

Published on 2019-01-08 |
 गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।


नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा आज साँझ अबेर सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले जानकारी दिनुभयो ।

साविक नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चयन भइसक्नुभएको थियो । नेकपामा दलको उपनेता र संसदीय बोर्डको गठन गर्न बाँकी छ ।

अधिकारी यसअघि पनि नेकपा एमालेका तर्फबाट दलको प्रमुख सचेतक हुनुहुन्थ्यो भने गुरुङ माओवादीका तर्फबाट प्रमुख सचेतक रहनुभएको थियो । दलको बैठकमा सरकारको काम कारवाही, अन्तरप्रदेश समन्वय परिषद्को हालै सम्पन्न भएको बैठकका निर्णय लगायतका विषयमा दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री गुरुङले सदस्यलाई जानकारी गराउनुभएको सदस्य बरालले जानकारी दिनुभयो ।

***


© People to People Media 2016. All rights reserved.