Sat, 23rd Mar 2019

अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइने

Published on 2019-01-08 |
प्रदेश २ का भौतिक, पूर्वाधार तथा यातायातमन्त्री जितेन्द्र सोनलले यहाँ रहेको रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाएर खेदकूदको विकास गरिने बताउनुभएको छ ।


आजदेखि वीरगञ्जमा आयोजित प्रथम इण्डो नेपाल तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिता–२०७५ को उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले सो रङ्गशालाको स्तरोन्नति गर्न रु एक करोड विनियोजन गरेको जानकारी गराउनुभयो ।

आयोजक समितिका संयोजक शिवशङ्कर पटेलको सभापतित्वमा भएको सो उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, पर्साका प्रजिअ नारायणप्रसाद भट्टराई, राजपाका राजेशमान सिंह, नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्याम बञ्जारालगायतले खेलप्रति प्रदेश सरकार उदासीन रहेको आरोप लगाउनुभयो । तीन दिनसम्म चल्ने सो प्रतियोगितामा नेपालका सातवटै प्रदेशका खेलाडीलगायत छिमेकी मुलुक भारतका विभिन्न प्रान्तबाट आएका तेक्वान्दो खेलाडीको सहभागिता छ ।

***


© People to People Media 2016. All rights reserved.