Fri, 19th Apr 2019

सिद्धी–सेतुली स्मृति पुरस्कार प्रदान

भलाकुसारी | Published on 2019-01-22 |

सिद्धी–सेतुली स्मृति प्रतिष्ठानद्वारा सञ्चालित सिद्धी–सेतुली स्मृति पुरस्कारबाट यस वर्ष प्रमिला तझ्या पुरस्कृत हुनुभएको छ । एकल महिलाको क्षेत्रमा क्रियाशील रहेर अधिकारका क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै उहाँलाई पुरस्कृत गरिएको हो । 

यस्तै अपाङ्गताको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै यस वर्षबाट थालिएको सानिमा स्मृति पुरस्कार हेमबहादुर गुरुङलाई प्रदान गरिएको छ । स्वलम्बन जीवन पद्धतिका अध्यक्षसमेत रहनुभएका गुरुङ डेढ दशकदेखि अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । दुवै जनालाई डा कुमारशमशेर राणाले जनही रु १० हजारसहित सम्मान गर्नुभयो ।

***


© People to People Media 2016. All rights reserved.