Sat, 16th Feb 2019

एटीएम तोडफोड गर्ने पक्राउ

भलाकुसारी | Published on 2019-01-28 |

बाँकेको कोहलपुरस्थित सिद्धार्थ बैंकको एटीएम मेशिन तोडफोड गरेको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । 

कोहलपुर नगरपालिका–११ एनटीभीरोडमा रहेको सिद्धार्थ बैंकको एटीएम मेशिन तोडफोड गरेको अभियोगमा गएराति जुम्ला चन्दननाथ नगरपालिका–९ बस्ने २९ वर्षीय कृष्णबहादुर खत्री र सोही नगरपालिकाको वडा नं. १३ बस्ने २४ वर्षीय अनिल विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । 

गत शनिबार बैंकको एटीएम मेशिन तोडफोड गरेर फरार रहेकामा विशेष सूचनाको आधारमा कोहलपुर नगरपालिका–११ बसपार्कबाट आइतबार राति नियन्त्रणमा लिएको हो । अभियुक्तका साथबाट हथौडा, चक्कुसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

***


© People to People Media 2016. All rights reserved.