Sat, 23rd Mar 2019

“समृद्ध नेपाल सुखी नेपाली” नेपाली जनताको चाहना

भलाकुसारी | Published on 2019-02-19 |

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ को शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

२००७ साल फागुन ७ गतेका दिन निरङ्‌कुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरेका छौं । प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा हामीले अभूतपूर्व  उपलब्धीहरु हासिल गरेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको संघर्षको प्रतिफल हो ।

नेपालको संविधान, २०७२ का सबै प्रावधानहरु लागू हुँदै गएका छन् । “समृद्ध नेपाल सुखी नेपाली” नेपाली जनताको चाहना हो । सम्पूर्ण नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा थप उर्जा दिनेछ ।

अन्तमा, आज ६९ औँ प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस दिवसले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७५ साल फागुन ७ गते, मंगलबार ।

***


© People to People Media 2016. All rights reserved.