Sat, 23rd Mar 2019

शताब्दीपुरुष जोशीलाई पुरस्कार

भलाकुसारी | Published on 2019-02-21 |

अहिंसा, शान्ति र लोकतन्त्रका अभियन्ता महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ । 

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको आजको बैठकले विसं २०७४ को दुई र २०७५ को दुई जनालाई प्रदान गर्ने निर्णय गरेको हो । विसं २०७४ बाट शताब्दीपुरुष सत्यमोहन जोशी र डा गौरीशङ्करलाल दास तथा विसं २०७५ को तीर्थराम डङ्गोल र रामनारायण देवलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिनुभयो । 

ललितपुरका ९९ वर्षीय जोशी र सिरहाका ९५ वर्षीय दास, काठमाडौँका डङ्गोल र सप्तरीका देवले आफ्नो क्षेत्रमा सक्रिय योगदान पु¥याएबापत सम्मान गर्न लागिएको अध्यक्ष दाहालले बताउनुभयो । पुरस्कार राशि रु एक लाख रहेको छ । यस्तै, विसं २०७५ को प्रेमसागरदेवी निधि राष्ट्रिय पुरस्कार पर्साका शान्ति कार्की र जाजरकोटका मैना कार्कीलाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि रु ५१ हजार छ ।

***


© People to People Media 2016. All rights reserved.