Sat, 23rd Mar 2019

११ अर्बको ट्रेजरी बिल जारी हुँदै

भलाकुसारी | Published on 2019-03-01 |

नेपाल राष्ट्र बैंकले आइतबार रु ११ अर्ब ९० करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको बिल बोलकबोलबाट बिक्री गर्ने भएको हो । बैंकले न्यूनतम ९१ दिनदेखि १८२ दिनसम्मका लागि बहाल रहने गरी ट्रेजरी बिल बिक्री गर्न लागेको र त्यसको परिमाणसमेत छुट्याएको छ । यसअघि बैंकले यही फागुन १३ गते पनि रु दुई अर्ब २३ करोड बराबरको ९१ दिने टे«जरी बिल बिक्री गरेको थियो । 

***


© People to People Media 2016. All rights reserved.