Sat, 27th May 2017

नयाँ नेपाल यातायात

भद्रगोल शर्मा | Posted on 2017-04-05 | Publisher : #छड्के

गुरुजीले स्टेयरिङ, क्लच, एक्सिलेटर जेजे चलाउँछन् तदनुरुप आमैको जीउ चलायमान हुन्छ । उनी गुनासो गर्छिन् - कस्तो अड्बाङ्गे डाइबर र'च ? यस्तो गाडीमा जिन्दगी चढेकी थिन...

वरीयताको टन्टो

भद्रगोल शर्मा | Posted on 2017-03-29 | Publisher : #छड्के

सामान्य मान्छेको जीवनमा उतिसारो फरक नपारे तापनि वरीयताको माम्लोले ठूलाबडाको निद्रा हराइदिन्छ । सातो उडाइदिन्छ । कसैको भाग्य चम्काइदिन्छ त कसैलाई डाँडो कटाइदिन्छ ।

राजेशलाई चिठी

भद्रगोल शर्मा | Posted on 2017-03-08 | Publisher : #छड्के

सुकेले मलाई त ढाँटेन तर देशलाई ढाँट्यो । देशलाई ढाँटेर, बाउआमा, इष्टमित्र र गाउँलेलाई ढाँटेर केही फाइदा छैन । तिमी विदेश बसेपनि, नारान भएपनि सुकेजस्तो ढँटुवा नहुनु ल ।

साँखुमा गणतन्त्र

भद्रगोल शर्मा | Posted on 2017-03-01 |

कुमले मोबाइल फोन कानमा अड्याएर कविजीले दुईहात जोड्दै बिदा दिए । साँखुमा गणतन्त्रपछिको गञ्जागोलमा केन्द्रित गन्थन र गथासोबाट मुक्त भएर म आफ्नो गन्तव्यतर्फको यात्रा गर्दो भएँ ।

अंकल युगको अन्त्य ?

भद्रगोल शर्मा | Posted on 2017-02-22 |

संस्कार र स्कुलिङ सनातनी नै भयो भने देखिन् युवा भनेर के फुर्ती लाउनु ? पारा उही, ताल उही, चाल उही, रवैया उही, पाखण्ड उही, ढङ्ग उही तर उमेरमात्रै कच्चा भएर सुध्रिएला त देश ? बरु पहिला नबेहोरेका नयाँ मान्छेको चर्को चालको फेला पो परिने हो कि ?

मेलम्ची आयो

भद्रगोल शर्मा | Posted on 2017-02-15 |

धुलोभित्र हराएर दुईचारजनाले बाटो बिराउनु, पानी ल्याउनका लागि खनेको ढ्वाङमा दुईचारजना पर्नु, पिचबाटो भत्काइनु आदि झिना-मसिना कुरामा अल्झिने काम छैन । सर्खारले यति ठूलो काम गर्दा कसैलाई रुघाखोकी लाग्नु, कसैका लुगा मैलिनु ठूलो कुरा हैन ।

सि'यो र धागोको रामकहानी

भद्रगोल शर्मा | Posted on 2017-01-25 | Publisher : #छड्के

सारा देशभरि सि'यो सा'पको विषयमा खैलाबैला भयो । सरकारैपिच्छेका सि'यो सा'प र तिनको आआफ्नै स्टाइल । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै भयो ।

एकदम पक्का कुरा

भद्रगोल शर्मा | Posted on 2017-01-11 | Publisher : #छड्के

सनातनी पाराले सरकार चल्दैन । पेल्न, ठेल्न, अत्तो थाप्न नसक्नेले एक्काइसौं शताब्दीमा सरकारबाट केही आशा नगरेकै राम्रो । जसले अलि पेल्न, ठेल्न, धकेल्न सक्छ सरकार उसैको हो । मरिसकेका र मरिमरि बाँचेकाहरुका बारेमा चिन्ता गर्ने काम सरकारको हैन ।

हेप्पी टोपी दिवस!

भद्रगोल शर्मा | Posted on 2017-01-04 | Publisher : #छड्के

अरुले नयाँ वर्ष मना'को रिसले तिमेरु टोपी लाएर हिँडेका ? बुद्धिले अरु खा, रिसले आफु खा । घाँसको भारी नबिसाइकन उमेशकी आमा भटभटाउन थालिन् । किस्ने लुसुक्क उकालो लाग्यो ।

हरिकङ्गालको देश

भद्रगोल शर्मा | Posted on 2016-12-28 |

त्यही भ'र पो हामी नेपालीलाई डिभी परे अमेरिका, पिआर पाए अस्ट्रेलिया/क्यानडा नभए कोरियासम्म त्यति पनि मेसो नमिले साउदी/कतार/मलेसिया/दिल्ली/बम्बई जता भएनि भासिने भूत चढ्दो रै'छ । ताक परे तिवारी नत्र गोतामे ।
© People to People Media 2016. All rights reserved.